खेलकुद

टोरिनोलाई हराउदै इन्टर मिलान दोस्रो स्थानमा फर्कियो

अषाढ ३०, २०७७

एजेन्सी – टोरिनोमाथि सहज जित हात पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा फर्किएको छ । इन्टरले टोरिनोमाथि ३–१ को पूनरागमन जित हात पार्दै लाजियो र एटलान्टालाई पछि पार्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो ।

घरेलु मैदान सान सिरोमा सोमबार राति भएको खेलमा इन्टरको जितमा एस्ले योङ, डिएगो गोडिन र लोउटारो मार्टिनेजले गोल गरे । टोरिनोका एन्ड्रिया बेनोट्टीले एक गोल फर्काए । खेलको १७औं मिनेटमा बेलोट्टीको गोलबाट इन्टर मिलान पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफको शुरुमै एस्ले योङले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याएका थिए ।

एलेक्सिस सान्चेजको पासमा डिएगो गोडिनले इन्टर मिलानका लागि पहिलो गोल गरेपछि इन्टरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।६१औं मिनेटमा सान्चेजकै पासमा लोउटारो मार्टिनेजले गोल गरेपछि इन्टरले खेलमा ३–१ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

जितसँगै इन्टर ३२ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान अंक रहेपनि इन्टरले लाजियोलाई गोल अन्तरमा पछि पारेको हो । इन्टर र लाजियो शीर्षस्थानको युभेन्टससँग ८ अंकले पछि छ । युभेन्टसको ७६ अंक छ । पराजित टोरिनो ३४ अंक जोडेर १६औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button