खेलकुद

जिरुउडको गोलमा चेल्सीको साँघुरो जित

अषाढ ३१, २०७७

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडले पहिलो हाफको अन्त्यतिर गरेको गोल निर्णायक बन्दा लन्डन क्लब चेल्सीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा चेल्सीले नर्विचमाथि १–० को कठिन जित हात पारेको हो ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा बल पोजेसनमा पकड जमाएपनि चेल्सीको २०औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । जिरुउडको प्रहारलाई नर्विचका गोलरक्षकटिम क्रुलले बचाएका थिए । २७औं मिनेटमा मार्काेस अलन्सोको क्रसमा क्रिस्टियन पुलिसिसको प्रहारलाई गोलरक्षक क्रुलले नै नियन्त्रणमा लिएका थिए ।

३६औं मिनेटमा एन्टेनियो रुडिगरको क्रसमा पुसिसिसको प्रहार गोलरक्षक क्रुलले थोरै छुदै क्रसबारमा लाग्दै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

६६औं मिनेटमा चेल्सीका कप्तान सिसर एज्पिलिक्वेटाले अलन्सोको लो क्रस पासमा २५ यार्डबाट गरेको प्रहारमा क्रुल नै बाधक बने । त्यसपछि ७५औं मिनेटमा पुलिसिस र सेसरको प्रहारमा गोलरक्षक क्रुल नै बाधक बन्दा चेल्सीले अग्रता बढाउने अवसर गुमायो । त्यसपछि थप गोल निस्कन नसक्दा जिरुउडको त्यही गोल नै चेल्सीको महत्वपुर्ण जितमा निर्णायक बन्यो ।

जितसँगै चेल्सीले यो सिजन शीर्ष चारमा रहेर अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ६३ अंक पुगेको छ । जुन चौथो र पाँचौ स्थानको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भन्दा ४ अंकले बढी हो । यद्दपि यि दुई टोल्ीले एक खेल कम खेलेका छन् । नर्विच २१ अंक जोडेर पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button