खबर

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२४ श्रावण २०७७, शनिबार
न्युज अफ नेपाल, काठमाडौं।

मनसुनको न्यून चपाीय रेखा नेपालतर्फ बढ्दै गएका कारण अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार प्रदेश नं. १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको हुनसक्ने देखिएकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले बताएको छ ।विभिन्न स्थानमा भारी वर्ष हुनसक्ने देखिएपछि विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button