
१६ भदौ २०७७
बिर्तामोड । कारागार कार्यालय झापाले एक कार्यक्रमका बीच अधिवक्ता प्रेम बिमलीलाई सम्मान गरेको छ । नव निर्मीत कारागार कार्यालय झापाको संरचना उद्घाटन कार्यक्रमको अवसरमा उनलाई विदाई सहित सम्मान गरिएको हो । बिमली झापा जिल्ला अदालतका पूर्व वैतनिक अधिवक्ता हुन् । उनलाई कारागारमा रहेका असहाय कैदिहरुको पक्षमा कानूनी सहयोग पु¥याए वापत यो वर्षका लागि सम्मान गरिएको बताईएको छ । उनले झापा जिल्ला अदालतमा यस अघि वैतनिक अधिवक्ता रहेको समयमा उनले कारागारका असहाय कैदिहरुलाई गरेको सहयोग स्वरुप सम्मान गरिएको बिमलीले बताए ।
कारागार कार्यालय झापाका प्रमुख राजेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना रहेका थिए ।



