खेलकुद

पोर्चुगिज डिफेन्डर डियास म्यानचेस्टर सिटी आउने

मङ्लबार, अशोज १३, २०७७

एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएका छन् ।

सिटीको क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई चार वर्षको लागि अनुबन्ध नजिक पुगेको छ । डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् ।

यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई ६३ मिलियन पाउन्ड खर्चेको थियो । सबै विषयमा सहमति भइसकेपनि निकोलस ओटामेन्डीका कारण क्लबले २३ वर्षीय डायसलाई सार्वजनिक गरेका छैनन् ।

उनले सिटीमा मेडिकल परिक्षण गरेर पासपनि भइसकेको छ । तर, ओटामेन्डीलाई उसको नयाँ क्लबले क्लियर गरेपछि मात्रै डायसको स्थानान्तरण हुनेछ । ओटामेन्डी १३.७ मिलियन पाउन्डमा बेन्फिका जाने चर्चा छ ।

आइतबारमात्र बेन्फिकाले आफ्ना डिफेन्डरलाई छाड्ने औपचारिक जानकारी गराएको हो । डिफेन्डरले सिटीसँग औपचारिक रुपमा हस्ताक्षर गर्न बाँकी रहेको छ । २३ बर्षका बेन्फिकाका कप्तानले शनिबार राति प्राप्त जितमा क्लबका सहयात्री र क्लबका खेल निर्देशकसंग अंकमाल गर्दै बिदाईको संकेत गरेका थिए । डायसले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन् ।

आइतबार राति लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार बेहोरेसँगै सिटी डिफेन्सलाईन बलियो बनाउन डिफेन्डर अनुबन्ध गर्न दवाव बढेको छ । सिटीको चार विकल्पमध्ये डायस एक हो ।

सिटीले इटालियन क्लब नेपोलीका कालिदो कौलिबाली, स्पेनिस क्लब सेभियाका जुल्स कुन्डे र एट्लेटिको म्याड्रिडका जोसे जिमिनेज थिए । सिटीले अन्य भन्दा डायस उचित रहेको र उनको ८० मिलियन पाउन्डको रिलिज क्लजलाई ध्यानमा राखेको हो ।

डायसलाई अनुबन्ध गर्नको लागि म्यानचेस्टर सिटी, आर्सनल र युभेन्टसले पनि चासो देखाएका थिए । उमेर, प्रोफाइल र डिफेन्डरको गुणस्तरको हिसावे डायस क्लबका लागि फिट हुने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button