
बिहिबार, अशोज २२, २०७७
एजेन्सी – स्टेफन अल सारावे चम्किएको खेलमा इटालीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मोल्दोभामाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इटालीले मोल्दोभालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इटालीको आधा दर्जन गोलमा स्टेफन अल सरावेले दुई गोल गर्दा ब्रायन क्रिसटान्टे, फ्रान्सिस्को कापुटो र डोमिनिको बेराडीले गाल गर्दा एक गोल उपहार पाएको थियो । इटालीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिदा दोस्रो हाफमा थप एक गोल गर्न सम्भव भएको थियो ।
बुधबार राति गोलको वर्षा भएको खेलमा इटालीले खेलको १८औं मिनेटमा ब्रायन क्रिसटान्टेको गोलबाट अग्रता लिएको थियो । २३औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । ३०औं मिनेटमा स्टेफन अल सरावेले गोल गरेपछि इटालीले आधा घन्टामै ३–० को आरामदायी अग्रता लिएको थियो ।
३७औं मिनेटमा भियासेस्लाभ पोस्माकले आत्मघाती गोल गरेपछि इटाली खेलमा ४–० ले अघि बढ्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सरावेले व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो । ७२औं मिनेटमा डोमिनिको बेराडीले गोल गर्दै इटालीलाई आधादर्जन गोलको सानदार जित दिलाए ।
नेसन्स लिग ‘ए’ को १ मा रहेको इटालीले अब तेस्रो राउन्डमा १२ अक्टोवरमा पोल्यान्डको तथा १५ अक्टोवरमा चौथो राउन्डमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इटाली ४ अंकसहित शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड र पोल्यान् समान ३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा बोस्निया एन्ड हर्जगोभिना १ अंकसहित पुछारमा छ ।
लिग ‘सी’ को ३ मा रहेको मोल्दोभाले १२ अक्टोवरमा ग्रीसको तथा १५ अक्टोवरमा स्लोभेनियासँग प्रतिस्पर्धा गर्दैछ । यो समूहका मोल्दोभा १ अंक जोडेर पुछारमा छ । ग्रीस ४ अंक जोडेर शीर्षस्थानमा रहँदा स्लोभेनियाको पनि ४ अंक रहेपनि दोस्रो स्थानमा छ । कोसोभो एक अंक जोडेर तेस्रो स्थानमा छ ।hamrokhelkud/from



