खेलकुद

लिड्समाथि लेस्टरको सानदार जित

कार्तिक १८, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ । लेस्टरले लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो ।

लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे । घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए। खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसको गोलबाट लेस्टरले अग्रता लिएको थियो । उनले जेमी भार्डीको पासलाई सदुपयोग गरेका थिए।

२१औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा घरेलु टोलीका स्टुआर्ट डालासले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

७६औं मिनेटमा जेमी भार्डीले सेन्गिज अन्डरको पासमा गोल गर्दै लेस्टरको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको लिभरपुलको १६ अंक रहेको छ । पराजित लिड्स १० अंकसहित १२औं स्थानमा यथावत छ ।

प्रिमियर लिगकै अर्काे खेलमा फुलहमले वेस्टब्रुममाथि २–० को सहज जित हात पारेको छ । फुलहमको जितमा बोबी रेइड र ओला एयनाले गोल गरे । पहिलो जितपाएको फुलहम ४ अंक जोडेर १७औं स्थानमा छ । बेस्टब्रुम ३ अंकसहित १८औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button