खेलकुद

बात्सुयाईको दुई गोलमा बेल्जियमको जित

कार्तिक २७, २०७७

एजेन्सी – मिचे बात्सुयाईको दुई गोल सहयोगमा शीर्ष वरीयतामा रहेको बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बेल्जियमले स्वीट्जरल्यान्डमाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

किङ पावर डिन ड्रिफमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियम खेलको १२औं मनेटमा एडमिर मेमेदीको गोलमा पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

४८औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले युरी टिलेमान्सको पासमा बराबरी गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा बात्सुयाईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ ले अघि बढाए । बात्सुयाईले यसपटक थोमस फोकेटको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियम विजयी हुन सफल भयो । अब बेल्जियमले नेसन्स लिग ‘ए’ २ मा इंग्ल्यान्ड र डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । बेल्जियम ९ अंकसहित शीर्षस्थानमा छ । डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक छ । आइसल्यान्ड अंकविहीन छ ।

यस्तै स्वीट्जरल्यान्डले नेसन्स लिग ‘ए’ २ मा स्पेन र युक्रेनसँग खेल्दैछ । समूहमा स्वीट्जरल्यान्ड २ अंक जोडेर पुछारमा छ । स्पेनको ७ तथा जर्मनी र युक्रेनको समान ६ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button