मूल खबर

आज देशभर थप एक हजार १४ जनामा कोरोना संक्रमण

२२ मंसिर २०७७

चौतारी पोष्ट अनलाइन,ललितपुर ।

आज देशभर थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप २० जना संक्रमितको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६२८ जना कोरोना मुक्त भएका छन् । यो संख्यासँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २७ हजार ४३३ पुगेको छ।

प्राप्त जानकारी अनुसार अहिले सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button