स्वास्थ्य

अस्पष्ट जेन्डर रोलले निम्त्याउने मानसिक आघात

२०७७ मङ्सिर २४

हामीले प्रयोग गर्ने नेपाली भाषामा लिंग भनी दुवै शब्दलाई जनाए पनि अंग्रेजीमा जेन्डर र सेक्स फरक शब्द हुन्। सर्वप्रथम, सेक्स के हो र जेन्डर के हो बुझ्नु जरुरी हुन्छ।

सेक्सः भौतिक तथा बायोलोजिकल (जैविक) चिनारी जुन जन्मँदै ख्याल हुन्छ, व्यक्तिमा हुने प्रजनन अंग, हर्मोन तथा क्रोमोजोम आदिबाट पत्ता लाग्ने गर्छ। अथवा भनौं जन्ममा पुरुष या महिला भनी दिइने चिनारी नै सेक्स हो।

जेन्डरः व्यक्तिले देखाउने स्वभाव, व्यबहार र क्रियाकलाप आदिका आधारमा समाजले उक्त व्यक्तिलाई पुरुष या महिला भनी पहिचान गर्ने गर्छन् भने त्यो पहिचान जेन्डर हो। जेन्डर पहिचान परिभाषा हेरेक समाजमा एउटै हुँदैन। सामाजिक विचार, मूल्य, मान्यता, सोचाइ आदि अनुसार हरेक समाजमा जेन्डर रोलहरु फरक पर्न जान्छन्। त्यसै अनुसारको महिला वा पुरुष भन्ने सामाजिक चिनारीका आधार समाज अनुसार फरक छन्।

सेक्स चिनारीका विशेषताः महिलामा रजस्वला हुन्छ, पुरुषमा हँुदैन। पुरुषमा अन्डकोष हुन्छ, महिलामा हँुदैन। महिलामा स्तन विकसित हुन्छ, पुरुषमा हुँदैन आदि।

जेन्डर चिनारीका विशेषताः महिला सामान्यतयाः थोरै कमाउँछन्। पुरुष बाहिरको काम गर्छन्। धेरैजसो महिला पिंक कलर मन पराउँछन्। चुरोट जस्ता वस्तुहरु पनि कस्मेटिक प्याकिङमा खोज्छन्। यी भनेका जेन्डर चिनारी हुन् जुन समाज अनुसार फरक छन्। जस्तो कि कुनै देशमा पुरुषले घरको काम गर्दा कुनै संकोच हँुदैन भने नेपाली समाजमा महिलाले गर्नुपर्ने काम भनी चिनिएको छ।

जेन्डर रोलः कुनै पनि व्यक्ति महिला वा पुरुष भएकै कारण सामाजिक रुपमा अपनाउने रोलहरु जुन अरुले देख्न र अवलोकन गर्न सक्छन्।

नेपाली समाजले जेन्डर चिन्ने आधार
– ड्रेस र लवाइ
– बोलीचाली
– हिँडाइ
– कपालको स्टाइल
– अन्तक्र्रिया शैली आदि।

यी सबै जेन्डर एक्सप्रेसन अन्र्तगत पर्छन् जुन व्यक्तिले बाहिर देखाउने क्यारेक्टर हुन्।

कुनै व्यक्तिको जेन्डर पहिचान त्यस व्यक्तिको बायोलोजिकल सेक्ससँग समान हुन्छ भन्ने हँुदैन। कुनै व्यक्ति पुरुषको रुपमा जन्मिएर पनि जेन्डर रोल महिलाको अपनाउन पनि सक्छन् भने कुनै महिलाको रुपमा जन्मिएर पनि जेन्डर रोल पुरुषको अपनाउन सक्छन्। जसको आधारमा जन्म निर्धारित सेक्स र त्यससँगै जोडिएको व्यक्तिको नाम पछि गएर भिन्न भएको अनुभव हुनसक्छ।

कोही व्यक्ति धेरै जेन्डर रोलहरुमा स्पष्ट हुन्छन् भने कोही कुन जेन्डर रोल अपनाउने र देखाउने भनी अस्पष्ट हुन्छन्। कोहीकोही त झन् दिनको दिनमा पनि आफूले कुन जेन्डर देखाउने दोधारमा परी फरकफरक चरित्र देखाउन सक्छन्। कोही आफ्ना जेन्डर रोलहरुमा असहज महसुस गर्छन् र यो रोल अपनाउने कि त्यो रोल अपनाउने दोधारमा पर्छन्। त्यस्तो समस्यालाई मेडिकल भाषामा जेन्डर आइडेन्टी डिसअर्डर भनिन्छ।

समय परिवर्तनसँगै नयाँ आउने कुराहरुमा पनि जेन्डर रोलहरु परिभाषित हुन्छन् समाजमा। जस्तो अहिलेको सामाजिक सञ्जालका टिकटक, फेसबुक आदि। कस्तो टिकटक केटाले बनाउने कस्तो टिकटक केटीले बनाउने।

केही यस्ता पात्र छन् जो सामाजिक सञ्जालमा उनीहरुको जेन्डर रोलकै कारण निरन्तर हाँसो, मजाक, होच्याहट, घोचपेच आदिको शिकार बनेका छन्। थाहा छैन तिनीहरुको इरादा के हो, उनीहरु साँच्चै त्यस्तै हुन् या बनावटी। सामान्य भएर भाइरल हुने नाममा त्यसो गरेका हुन् या जेन्डर आइडेन्टी डिसअर्डरले त्यसो गरिरहेका छन्।

तर, आम मानिस र आम शिक्षित वर्गका व्यक्तिमा यो कुरा जानकारी हुन जरुरी छ कि हाम्रो समाजमा जेन्डर आइडेन्टी डिसअर्डर भएका व्यक्ति हुन्छन्। त्यस्ता व्यक्तिहरुलाई उनीहरुका व्यवहार, जेन्डर एक्सप्रेसन आदिका आधारमा हाँसोमजाक गर्ने, उडाउने, होच्याउने, दबाउने आदि कारणले ठूलो पीडा पर्ने गर्छ। मानसिक आघात पर्ने गर्छ। यदि हामी कोही, कसैले यसो गर्दछौं भने त्यो पनि एक किसिमको लैंगिक हिंसा हो।

एकातर्फ जेन्डर रोल कुन अपनाउने आफैं दोधार भएकालाई तपाईंको हाँसोमजाक र होच्याहटले मानसिक आघात पु¥याउँछ नै, अर्कोतर्फ म यो जेन्डर रोल अपनाउँछु भन्ने स्पष्ट भई त्यही जेन्डर रोल अपनाइरहेका तर सामाजिक रुपमा झट्ट हेर्दा नसुहाउँदो देखेर गरिएको हाँसोमजाक र होच्याहटले ती व्यक्तिलाई जेन्डर रोल स्पष्टताबाट जेन्डर आइडेन्टी डिसअर्डरतर्फ मार्गप्रशस्त गरी ठूलो असर पु¥याइदिन सक्छ। त्यसैले आजैबाट त्यस्तो लैंगिक हिंसा त्याग्ने प्रतिबद्धता जनाऔं।(आचार्य स्वास्थ्यकर्मी हुन्।)swsthyakhabarpatrika/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button