खेलकुद

एट्लेटिको म्याड्रिड नकआउट चरणमा

बिहिबार, मंसिर २५, २०७७

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड समूह उपविजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ।

नकआउट चरण पुग्न बराबरी नै पर्याप्त हुने खेलमा एट्लेटिकोले अष्ट्रियन क्लब साल्जबर्गलाई उसकै मैदानमा २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्माेसो र यान्निक कारास्कोले गोल गरे ।

खेलको ३९औं मिनेटमा हर्माेसोको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले यान्निक कारास्कोको पासमा गोल गरेका थिए । ८६औं मिनेटमा यान्निक कारास्कोले एन्जल कोरेयको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

यो जितसँगै समूह ‘ए’ मा एट्लेटिकोले ६ खेलबाट ९ अंक जोड्यो । पराजित साल्जवर्ग ४ अंकसहि युरोपा लिगमा सीमित बन्दा लोकोमोटिभ मस्को ३ अंक पुछारमा रह्यो । शीर्षस्थानमा रहेको बायर्न म्युनिखले १६ अंक जोड्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button