मूल खबर

‘पत्रकार महासंघको अध्यक्ष पदमा यसकारण मेरो उम्मेद्वारी’

चैत्र २४, २०७७
पाल पत्रकार महासंघ झापाको आसान्न निर्वाचनका लागि तीन जना अध्यक्ष पदका लागि दाबेदार रहेका छन् । आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि प्रगतिशील व्यवसायिक समावेशी राष्ट्रवादी प्यानलबाट विशाल नेम्वाङ, र व्यवसायिक पत्रकारहरुको प्यानलबाट तीर्थ सिग्देल र व्यवसायिक पत्रकारहरुको साझा प्यानलबाट एकराज गिरीको दाबेदार रहेको हो ।

यसैबीच व्यवसायिक पत्रकारहरुको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार तीर्थ सिग्देलले बिभिन्न योजनाका साथ आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

यस्तो छ उनको प्यानलको योजना ?

हाम्रो उम्मेद्बारी किन ?
१) पत्रकार महासङलाई आत्मनिर्भर र बलियो सामाजिक संस्थाको रुपमा बिकसित गर्न

२) पत्रकारहरुको सुरक्षालाई प्राथमिकता दिन र महासङमा पुरै समय दिन सक्ने नेतृत्व निर्माण गर्न

३) उपचार कोसलाई वृद्धि गर्दै बिरामी परेका पत्रकारलाई तत्काल सहयोग उपलब्ध गराउन

४) जिल्लामा रहेका विभिन्न प्रेस क्लबहरुको आर्थिक स्रोतको खोजीमा स्थानीय तहहरुसग समन्वय गरेर सहयोग जुटाउन पहल गर्न

५) पत्रकारहरुको ब्यावसायिक हित र विभिन्न तालिम प्रधान गर्न

६) अग्रज पत्रकार र युवा पत्रकारहरु बिच अनुभव आदानप्रदानका लागि महासङको कार्यालयलाई मिडिया सेन्टरको रूपमा बिकसित गर्न

७) स्थानीय तहहरुसग समन्वय गरेर स्थानीय मिडियालाई स्थानीय बिज्ञापन अनिबार्य रुपमा उपलब्ध गराउन दवाब दिन ।

८) श्रमजिवि पत्रकारहरुको हित र भौतिक सुरक्षा प्रदान गर्न,खवरमञ्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button