खेलकुद

पीएसजी फ्रेन्च कप च्याम्पियन

जेठ ६, २०७८
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप (कप दि फ्रान्स) को उपाधि रक्षा गरेको छ । बुधबार राति भएको खेलमा लिग वान प्रचिद्धन्द्धी मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो ।

स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र केलियन एमबाप्पेले गोल गरे । इकार्डीले पहिलो हाफमा तथा एमबाप्पेले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । एमबाप्पेले डिफेन्डर एक्सेल डिसासीले पेनाल्टी बक्स बाहिर गरेको गल्तीको फाइदा उठाउँदै उनैलाई बिट गर्दै आफैले गोल गर्न सक्ने अवस्थामा पास दिदा इकार्डीले खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा एन्जल डि मारियाको पासमा एलेसान्द्रो फ्लोरेन्जीको प्रहारलाई गोलक्षक राडोस्ला माजेकीले पञ्च गर्दै विफल पारे । ५१औं मिनेटमा वान भर्सेस वानको विसाम सवन यडरको प्रहारलाई गोलरक्षक केलर नाभासले ब्लक गर्दै मोनाकोको बराबरी टारे ।

६९औं मिनेटमा गेल्सन मार्टिनको प्रहार डियालोलाई डिफ्लेक्ट हुदै गएको बल क्रसबारमा लागेर फर्कदा मोनाको बराबरीबाट चुक्यो । ७१औं मिनेटमा थिलो केरहरले क्लियर गर्न नसकेको बललाई स्टेभन जोभेटिकको प्रहारलाई मार्किन्हसले ब्लक गरे । त्यसमै फर्किएको बललाई क्रिपिन डिआट्टाले गरेको प्रहारलाई गोलरक्षक नाभासले बचाउँदै पीएसजीको अर्काे संकट टारे ।

८०औं मिनेटमा मोइस किनको पासमा केलियन एमबाप्पेको ३५ यार्ड टाढाको प्रहार बारमा लागेर बाहिरिदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको जित पक्का गर्दै उपाधि दिलाए । एन्जल डि मारियाले विनोइट वाडियासिललाई बिट गर्दै दिएको चिप पासलाई एमबाप्पेले नियन्त्रणमा लिदै सहजै फिनिस गरेका थिए ।

फ्रेन्च कपको सर्वाधिक सफल पीएसजीले १४औं पटक उपाधि जित्न सफल भएको हो । पीएसजीले १९८२, १९८३, १९९३, १९९५, १९९८, २००४, २००६, २०१०, २०१५, २०१६, २०१७, २०१८ र २०२० मा उपाधि जित्न सफल भएको थियो । १९८५, २००३, २००८, २०११ र २०१९ मा उपविजेता बनेको थियो ।

मोनाको पाँचौपटक फाइनलमा पुगेपनि पाँचौ पटक नै निराश बन्न पुग्यो । मोनाको २०१० पछि फाइनलमा पुग्न सफल भएपनि उपाधि जित्न असमर्थ बन्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button