स्वास्थ्य

थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि

१४ असोज २०७८

चौतारी पोष्ट अनलाइन
ललितपुर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९११ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button