स्वास्थ्य

भारतमा कोभिडका थप १८ हजार ३४६ जना संक्रमित

१९ आश्विन २०७८
एजेन्सी ।

भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् । संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक संक्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन्। भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button