मूल खबर

मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर पूर्ण रुपमा नष्ट

३० कार्तिक २०७८
न्युज अफ नेपाल, मुगु ।

मुगुको पुरानो गमगढी बजारमा भीषण आगलागी भएको छ ।

सोमबार मध्यरातमा सुरु भएको आगलागीमा २१ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण भइरहेको छ । प्रहरीका अनुसार अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने प्रयास जारी छ ।

आगलागीबाट कुनै माननवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button