मूल खबर

नेपाली काँग्रेस झापाको सभापतिमा देउमान थेबे बिजयी, घोषणा हुन मात्र बाँकी

१२ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन

मेचीनगर । नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबे बिजयी भएका छन् । थेबेको जीत निश्चत भए पनि आधिकारिक रुपमा घोषण हुन भने बाँकी रहेको छ ।

यो समाचार तयार गर्दा सम्म प्राप्त जानकारी अनुसार थेबे निर्वाचित हुने निश्चित भएको छ । प्राप्त जानकारी अनुसार १३८ मत गणना हुन बाँकी रहँदा थेबेले आफ्ना प्रतिष्पर्धी उम्मेद्वार राम कट्टेलले पाएको मतभन्दा १८३ मतले अगाडि छन् ।

अबको मत गणनामा जस्तोसुकै नतिजा आए पनि थेबेको जित पक्का भएको छ । यो समाचार तयार गर्दा सम्म ३१७३ मत गणना भइसकेको छ ।थेबेले १६६३ मत प्राप्त गरेका छन् भने
सभापति पदका अर्का उम्मेद्वार राम कट्टेलले १४३६ मत प्राप्त गरेका छन् । प्राप्त मत परिणामलाई नै आधार मान्ने हो भने झापा काँग्रेसको कमाण्डर अब देउमान हुने निश्चित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button