८ पुस २०७८
चौतारी पोष्ट अनलाइन
झापा । नेकपा माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई १ सय ५ मतले पराजित गरी नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले १६९ मत तथा मेन्याङ्बोले ६४ मत प्राप्त गरे । त्यस्तै तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ निर्वाचित भएका छन् ।
सचिवमा गणेश उप्रेती विजयी भएका छन् । त्यस्तै तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुङ्गाना र सागर किराँती तथा कोषाध्यक्षमा रेवतराज पुरी विजयी भए ।



