कला

सामन्थाबाट अलग हुनु सही निर्णय थियो : नागा

काठमाण्डौ

साउथको चर्चित जोडी सामन्था रुथ प्रभु र नागा चैतन्यले २०२१ को अक्टोबरमा करीब ४ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाए । आपसी मतभेदका कारण उनीहरुले वैवाहिक जीवन तोडेको भारतीय मिडियाले दाबी गर्दै आएका छन्। तर, सामन्थासँग डिभोर्स भएदेखि मौन रहेका नागाले हालै एक टिभी इन्टरभ्यूमा एकअर्काको खुसीका लागि आफूहरु अलग भएको बताएका छन् ।

फिल्म ‘बंगारराजु’ को प्रमोशनको क्रममा नागाले भनेका छन्, ‘अलग हुनु एकदम ठिक थियो । यो हामी दुवैको खुसीका लागि सही निर्णय हो । यदी उनी (सामन्था) खुसी छिन् भने म पनि खुसी छु । यसकारण यस्तो स्थितिमा डिभोर्स नै उचित निर्णय हो ।’ केही हप्ताअघि सामन्थाले डिभोर्सको बारेमा आफूले धेरै पटक कुरा गरिसकेकाले अब यो विषयमा दोर्‍याएर नबोल्ने बताएकी थिइन् ।

सामन्था र नागाले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । यो जोडीको पहिलो भेट फिल्म ‘ये माया चेसावे’ सुटिङ सेटमा भएको थियो । उनीहरुले ‘मजिली, अटोनगर सूर्या, ये माया चेसावे’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो ।फिल्मीखबर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button