मूल खबर

मुख्यमन्त्री राईद्वारा होल्डिङ्ग सेन्टरको निरीक्षण

काँकरभिट्टा । प्रदेश १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अन्य विकासे योजनालाई स्थगित राखेर झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीमा निर्माण हुदैं गरेको होल्डिङ्ग सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताएकाछन ।
सोमबार मुख्यमन्त्री राई, १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, जिल्लाका उच्च पदाधिकारी, स्थानीय सरकारका प्रमुख उपप्रमुखसहितको टोलीले होल्डिङ्ग सेन्टरको स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षण पश्चात संक्षिप्त कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले यसको निर्माण कार्य चाडै सम्पन्न गरेर सञ्चालनमा ल्याउन समेत आग्रह गरेका थिए । उनले होल्डिङ्ग सेन्टरका बारेमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री अनि संघीय सरकार समक्षमा समेत कुरा पुग्ने भन्दैं वित्तिय प्रगतिदेखि समस्या समेत देखिएको भन्दैं यसलाई केन्द्रीय सरकार समक्ष पुर्याउनुपर्नेमा जोड दिएका थिए।


होल्डिङ्ग सेन्टरको डिजाइनभन्दा बाहिर पनि थप निर्माण गर्नुपर्ने भएकाले केही समस्या देखिएको छ भन्ने कुरामा सबैको ध्यान पुगेको मुख्यमन्त्री राईले बताए । सञ्चालनका विषयमा उनले कसरी सञ्चालन गर्ने भन्नेमा हाम्रो अभ्यासमा नभएकाले यसको सन्दर्भमा बैठकमा कुरा उठाउने पनि बताए । स्थानीय सरकार, विभिन्न सघ संस्थासँग सहकार्य गदैं अघि बढ्ने प्रदेश सरकारको सोच भएकाले कसैले पनि दायित्व पुरा नगरे प्रदेश सरकार पछि हट्न नहुने उनको भनाई थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले चाडै निर्माण सकेर हस्तान्तरणमा लाग्नुपर्नेमा जोड दिए । यसको व्यवस्थित गर्न र आवश्यक पूर्वाधार तयार गर्न समेत उनलेसम्बन्धित पक्षलाई निर्देशन समेत । यसका विषयमा तीनै तहको सरकारको भूमिका अपरिहार्य रहेकाले सवैले आ आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए। मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले होल्डिङ्ग सेन्टरका निर्माण र सञ्चालनका क्रममा स्थानीय सरकारको भूमिका के हुने भन्नेमा प्रश्न गरेका थिए । मुख्यमन्त्री राईसहित सरकारका उच्च अधिकारीले यसको निरीक्षण गर्दा सम्म स्थानीय सरकारसँग समन्वय नगरेकोमा नगरप्रमुख आचार्यले दुःख व्यक्त गरेका थिए । आचार्यले यसलाई अन्य कामका लागि समेत प्रयोग गर्नुपर्ने विचार समेत राखेका थिए । रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान तालिम केन्द्र जस्ता संरचनाकारुपमा समेत यसलाइ प्रयोग गर्न सकिने उनको भनाई थियो ।
निर्माण भएका सबै संरचना नगरकै सम्पत्ति हुने भएकाले होल्डिङ्ग सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो। वडा कार्यालयले संरक्षण गरेको ११ विघा जग्गामध्ये चार विघा जग्गा नगरपालिकाले होल्डिङ्ग सेन्टरलाई उपलब्ध गराएको थियो ।


नगर उपप्रमख मीना पोखरेल उप्रेतीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्र्ने नागरिकका लागि होल्डिङ्ग सेन्टर निर्माण शुरु गरेको बताइन् । । श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक झापाका गणपति अमरजंग थापा होल्डिङ्ग सेन्टरको बारेमा टोलीलाई जानकारी गराएका थिए।
करिब २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रुपैयाँ लागत बन्ने होल्डिङ्ग सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी ब्यारेक झापा र श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक झापाले यसको रेखदेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button