मूल खबर

प्रहरीले बा१८च ४०० नम्बरको रातो कारमा यसरी ल्याए महरालाई [भिडियो]

काठमाडौं- बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले महानगरिय प्रहरी वृत सिंहदरबारमा ल्याएको छ। ऋदालतबाट पक्राउ पुर्जी पाएलगत्तै प्रहरीले महरालाई बालुवाटारस्थित निवासबाट पक्राउ गरेको हो।

महरालाई प्रहरीले रातो रङको कारमा वैद्यखानास्थित सिंहदरबार प्रहरी वृतमा ल्याएको हो। प्रहरीले बा१८च ४०० नम्बरको कारमा महरालाई सिंहदरबार वृत्तमा ल्याएको हो।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ परेका हुन।

शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान गर्नका लागि प्रहरी जिल्ला अदालत काठमाडौं पुगेको थियो।

प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको पक्राउ पुर्जी जारी गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिँदै पक्राउ गरेको हो।हामीले यो सामाग्री नेपाल लाइभ अनलाइनबाट साभार गरेका हौँ ।

तस्बिर र भिडियो: सौरभ रानाभाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button