विचार

जनप्रतिनिधि चुन्ने मात्र होइन चिन्ने पनि गरौँ ।

पोल्टीसमा हल्का इन्ट्रेस राख्ने भाई साँइलो अहिले अलिक धेरै बिजी भए जस्तो छ । उसको पार्टीले घन्सीको लौरोलाई नै क्यानिडेट बनायो भने पनि हस् भनेर मतदान गर्ने उसको आदत परेको छ । उसको पार्टी अहिले देशमै खरलप्पै आफैले जित्ने बाँकी सबै बडारिने सपनाको भ्रामक खेतीमा मान्छेको दिमाग भुट्ने खेलमा लागेको छ ।र, भाई साँइलो पनि होमा हो मिलाउदै होत्तनी भनेर दौडधुपमा छ। मेरो त एक भोट त्यो पनि मुन परेको मान्छे प¥यो भने भोटका दिन जाने छ््याप्प दिने हिड्ने बानी मन परेको मान्छे छैन भने चुप लाग्ने बस्ने बानी । मलाई पार्टीले उठाएको मान्छेलाई भोट दिनु पर्ने बाध्यता छैन किनकी कसैको चाराने सदस्य म आजका मिति सम्ममा भएको छैन भाग्य खोटिएको भनौँ या सौभाग्य भएको भनौँ जसले जे अर्थ लाए पनि फरक पर्दैन । चुनावमा एक भोटको पनि गणना हुने भएकाले भाई साँइलो मुख मिठ्याउँदै घरमा आयो । उसको आगमननै पोल्टिस परेको लख काट्न मलाई समय लागेन आफैले कुर्सी तानेर कुरो फुकायो , आफ्नो पार्टीको भ्रामक प्रचारवाजीलाई जनलहरमा रुपान्तरण गर्दै अहिले नै अबिरजात्रा गरौँला जस्तो ग¥यो ।यताका पाँचसय उताका हजार भनेर आयारामहरुको हिसाब लायो अनि एक भोट माग्यो । उसले सोध्यो—दाजैको भोट चैँ यसपाली कुन पार्टीमा नि ?मलाई भुमिका बाध्न आवाश्यक लागेन र सिधै भनेँ—ईमान भएको मान्छेलाई ।उसले उसकै पार्टीका मान्छेको कुरा ग¥यो, लामो प्रसङ्ग जानीनजानी जोड्यो । मैले भनेँ— तिम्रा उम्मेद्वार तिम्रा पार्टीले उठाए होलान, भोट जनताले दिने हो अनि तिम्रा पार्टीले उठाएका मान्छेले नै जित्छन् भन्ने ठेगान छैन अहिले कुर्सीनै मिलाउँला जस्तो नगर । भाई साँइलो अलिक रातोरातो भयो, कताकता अलमल पनि प¥यो यसको दिमाग भुट्न सजिलो छैननै भनेर साँइलाले धेरै टाइम मसँग खर्चेन र बाटो समायो । अहिले हाम्रा गाउँघरमा भाई साँइलाहरुको चहलपहल निक्कै छ । आफ्नो अक्कलले भन्दा पनि अनुमानले उनीहरु हौसिएकाछन् माथिका मुखियाहरुले जे भन्छन् अन्तिम सत्यनै त्यही हो भन्ने अर्को ठूलो भ्रान्तीमा उनीहरु फसेकाछन् ।अक्सर संसदीय व्यवस्थाको चुनावमा हुनेनै यस्तै हो । हौवा फिजाउँने , कालोलाई सेतो र हरियोलाई छिर्केमिर्के बनाउने तर सत्यमा सेतो र कालोसँग आआफ्नै असतित्व र औचित्य हुन्छ । चुनाव हुन अघि नै मिल्ने भए भाई साँइलाका पार्टीले देश भरिका पालिकाहरुमा आफ्ना उम्मेद्वारहरुलाई फूलमाला गरि सक्थे तर आजको अवस्था र परिस्थिति हिजोको जस्तो छैन । जनताले अबका दिनमा जनप्रनिधि चुन्ने मात्र होइन चिन्ने पनि क्षमता राख्छन् । जाल र कपटको प्रलोभनमा आफ्नो मत खलनायक प्रवृतिहरुलाई नायकका रुपमा बिराजमान गर्न कुनै पनि हालतमा चाहदैनन् यसर्थ यसपालिको पालिकाको निर्वाचनबाट हामी हाम्रा जनप्रतिनिधि चुन्ने मात्र होइन चिन्ने अनि चुन्न पनि सफल हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button