
काठमाडौं
सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ। यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् ।
विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको जनाएको छ ।
शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा न्यूनतम २२० दिन विद्यालय खोल्नैपर्छ । पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न विद्यार्थीलाई १८० दिन पढाउनैपर्छ । सातामा दुई दिन बिदा दिँदा पाठ्यक्रमले तोकेअनुसारको पढाइ पूरा गर्न सकिँदैन । गोरखापत्र दैनिकमा छ ।



