मूल खबर

जिल्ला प्रशासन कार्यालय झापाको सुचना (आज)मंगलबार मध्यरातिदेखि मादक पदार्थ बिक्रि बितरण र सेवन गर्न नपाइने

मेचीनगर । स्थानीय तह निर्वाचनकालाई व्यवस्थीत बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर(आज) मंगलबार मध्य रातिदेखि मादक पदार्थ बिक्रि बितरण र सेवन गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले सोमबार बिज्ञप्ती जारी गर्दै बैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन परिणामको अन्तिम घोषणा नभएसम्मका लागि झापा जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्रि बितरण र सेवन कार्य निषेध गरिएको जनाएको छ ।

बैशाख ३० गते हुने निर्वाचनका लागि बैशाख २७ गते मध्यरातिदेखि नै नेपाल भारतसंग जोडिएका सबै नाकाहरु ७२ घण्टाका लागि बन्द हुने समेत जनाएको छ । बैशाख ३० गते मध्यरातिसम्म दुई देशबिचका सिमानाकाहरु बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाले विज्ञप्तिमार्फत जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button