काठमाडौं – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् ।
खेल टियु मैदानमा ११ :३० बजे पछि हुने छ । काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री रहेकी छन् । कप्तानी पनि रुविनाले गर्ने छिन् । चितवन राष्ट्रिय टोलीकी इन्दु बर्माको कप्तानीमा मैदान उत्रने छ । उनी चितवनको मार्की खेलाडी हुन् ।
कात्तिक ७ सम्म चल्ने प्रतियोगितामा पाँच शहरका ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोली रहेका छन् ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफयार खेल्ने छन् ।
विजेताले ७ लाख र उप विजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने छन् । काठमाडौंमा रुविना क्षेत्री, अप्सरी बेगम, लक्ष्मी साउद युवा खेलाडी सुमन बिष्ट लगातका खेलाडी रहेका छन् । त्यस्तै चितवन राइनजमा इन्दु बर्मा, काजल श्रेष्ठ, सरस्वती पुन, रेखा रावल लगातका खेलाडी छन् ।
चितवन राइनोजको टोली : इन्दु बर्मा (कप्तान तथा मार्की खेलाडी), काजल श्रेष्ठ, रितु कनौजिया, रेखा रावल, सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्तोषी चौधरी, सन्जु लामा र सावित्रा जिसी ।
क्याट क्वीन्स काठमाडौंको टोली : रुबिना क्षेत्री (कप्तान तथा मार्की खेलाडी), अप्सरी बेगम, रोमा थापा, सुमन विष्ट, रश्मी शर्मा चौलागाईं, संगीता राई, सरस्वती चौधरी, नितु भण्डारी, ममता थापा, ईश्वरी विष्ट, लक्ष्मी साउद र मनीषा राना ।हाम्रो खेलकुदबाट ।



