खबर

राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जमा तनाव, प्रहरीद्वारा हवाई फायर, प्रदर्शनकारी घाइते

न्युज अफ नेपाल
बाँके ।

स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा राजतन्त्र पक्षधर युवाहरुले स्वर्गीय राजा शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो। स्थिति नियन्त्रणमालिन प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा आन्दोलनकारीहरुले तोडफोड गरी हटाएका थिए। सोही स्थानमा आज राजतन्त्र पक्षधर युवाहरुले नयाँ शालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो। सो क्रममा बल प्रयोग गर्दै प्रहरीले शालिक हटाएको छ ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button