खबर

माओवादी केन्द्र मेचीनगरले ग¥यो वडा कमिटी अध्यक्षलाई कारबाही

काँकरभिट्टा । नेकपा (माओवादी केन्द्र(मेचीनगर नगर कमिटीले पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै मेचीनगर ११ का वडा कमिटीका अध्यक्षलाई कारबाही गरेको छ । उनलाई कारबाही स्वरूपमा पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको नगर कमिटीको बुधवार बसेको बैठकले वडा नम्बर ११ का वडा कमिटी अध्यक्ष राजकुमार रिजाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका हो । रिजालले पार्टीका नीति तथा सांगठानिक मुल्य मान्यता र पद्धति विपरीत कार्य गरेको ठहर भएको भन्दै पार्टीका नगर इन्चार्ज पुष्प गुरागाईँ र नगर अध्यक्ष राजन चिमरियाले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै निष्कासन गरेको जनाएका छन् । नगरले जारी गरेको विज्ञप्तिमा इन्चार्ज गुरागाईँ र अध्यक्ष चिमरियाले हस्ताक्षर गरेका छन् ।

पार्टीको नीति–पद्धति विपरीत गतिविधि गरेको पाएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणकै क्रममा बुधवार रिजाललाई निष्कासन गरेको माओवादी केन्द्र मेची नगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button