
एजेन्सी – युरो च्याम्पियन इटालीले युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा पहिलो जित निकालेको छ । इटालीले हंगेरीलाई २–१ ले पराजित गरेको हो ।
ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे । हंगरीले उपहार गोल पाएको थियो ।
खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनार्दाे स्पिनाजोलाको पासमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । उनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएका थिए ।
६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुन सफल भयो ।
पहिलो जितसँर्ग इटाली दुई खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। जर्मनीको २ तथा इंग्ल्यान्डको १ अंक छ ।हाम्रो खेलकुदबाट ।



