खेलकुद

पासालिसको गोलमा क्रोएसियाको जित

एजेन्सी – मिडफिल्डर मारियो पासालिसको गोलमा क्रोएसियाले युइएफए नेसन्स लिग एक ग्रुप १ मा डेनमार्कलाई पराजित गरेको छ । क्रोएसियाले १–० को जित निकालेको हो ।

पार्केन कोवेनहेगनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन दोस्रो हाफमा मारियो पासालिसले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ६९औं मिनेटमा गोल गरेका थिए ।

८७औं मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भयो ।

यो जितसँगै क्रोएसिया ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ४ अंक नै रहेपनि अष्ट्रिया दोस्रो स्थानमा रहेको छ । पराजित डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा फ्रान्स २ अंक जोेडेर पुछारमा रहेको छ ।

शुक्रबार राति नै भएको यही समूहको अर्को खेलमा अष्ट्रिया र फ्रान्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अष्ट्रियाका एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका केलियन एमबाप्पेले बराबरी गोल फर्काए ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button