मूल खबर

कांग्रेस–फोरम समायोजन अस्थिर, अझै आएन गच्छदारका ११ जनाको नाम

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् ।

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् । यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्य्विधि पारित गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।  नेपाल समाचारपत्रमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button