खेलकुद

काल्भिन म्यानचेस्टर सिटी जाने पक्का

एजेन्सी – इंग्ल्याण्डका मिडफिल्डर काल्भिन फिलिप्स इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने पक्का भएको छ ।सिटीले प्रिमियर लिग क्लब लिड्स युनाइटेडसँग ४५ मिलियन पाउण्डमा सम्झौता गरेको जनाएको छ ।

क्लबले २६ वर्षीय मिडफिल्डरका लागि ४२ मिलियन पाउण्ड तिर्नेछ । ३ मिलियन पाउण्ड बोनसमार्फत प्राप्त गर्नेछ । ब्राजिली मिडफिल्डर फर्नान्डिन्होले ९ वर्षपछि क्लब छाडेपछि लिग च्याम्पियन सिटीले फिलिप्सलाई अनुबन्ध गर्ने लक्ष्य बनाउँदा त्यसमा सफलता हात पारेको हो ।

अब फिलिप्सले रोड्रीलाई सिटीमा एकल डिफेन्सिभ मिडफिल्ड पोजिसनमा साथ दिनेछ । अर्को सम्झौतामा मिडफिल्डर डार्को ग्याबीले सिटीको एकेडेमी छोडेर ५ मिलियन पाउन्डमा लिड्समा आबद्ध हुनेछन् ।

लिड्स एकेडेमीकै उत्पादन फिलिप्सले सन् २०१५ मा लिड्सको सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले लिड्सका लागि २१४ खेल खेलिसकेका छन् । लिड्सका पुर्व प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा फिलिप्स प्रमुख खेलाडी रहेका थिए । फिलिप्सले इंग्ल्याण्डका लागि डेक्लान राइससँग मिलेर आफ्नो क्षमता देखाएका छन् ।

२०२०–२१ मा इंग्ल्याण्डको वर्ष खेलाडी फिलिप्सले ग्यारेथ साउथगेटको विश्वकप टोलीमा आफ्नो स्थान बनाउन जुड बेलिङघम, जोर्डन हेन्डरसन, कोनोर गालाघर र जेम्स वार्ड–प्रोससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button