सृजनाको चौतारी

काँकरभिट्टामा भानु जयन्ती सम्पन्न, स्रस्टाहरुलाई सम्मान समेत गरियो(फोटो फिचर)

काँकरभिट्टा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गरेको बताएका छन्।

बुधबार काँकरभिट्टा स्थित खानेपानी संस्थाको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको २०९औँ भानु जयन्ती कार्यक्रममा मुख्य मन्त्रीराईले यस्तो बताएका हुन् ।

कार्यक्रममा राईले साहित्यकारहरु महान हुन् । क्रान्तिमा हौसिन, विद्रोहको विगुल फुक्न साहित्यकारको ठुलो योगदान हुन्छ । उनले जनताले खेलाडी, नेतालाई छिट्टै विर्सन सक्छन् ।तर स्रस्टालाई कहिलै नविर्सने बताए ।

उनले बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका बारेमा समेत चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार यज्ञराज प्रसाईको जीवनको अन्तराल निबन्ध संग्रह र भानुक्त कुभिण्डेलीको सच्चा सारथि महाकाब्य पनि लोकार्पण गरिएको थियो ।

प्रसाईको पुस्तकको टिप्पणी प्राध्यापक पुण्यप्रसाद खरेल, कुभिण्डेलीको पुस्तकको साहित्यकार हरिनारायण ढकाल र वरिष्ठ साहित्यकार प्रश्रितको समीक्षा साहित्यकार पुण्यप्रसाद खरेलले गरेका थिए ।

सो कार्यक्रममा ५ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्याकार एवम् पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित, साहित्यकारहरु मातृकाप्रसाद संग्रौला, भानुभक्त कुभिण्डेली, क्या।गोपिलाल लिम्बु र पत्रकार जी एन शर्मा छन् ।

साहित्यकार प्रश्रितलाई एक लाख १ हजार र अन्य साहित्यकार तथा पत्रकारलाई २१ हजार नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले भानु स्मारिका–७ को अनावरण पुस्तक प्रस्तुत गरेका थिए । साहित्यकार केन्द्रप्रसाद भट्टराईले भानुभक्तको चिठ्ठी बाचन गरेका थिए, समाजसेवी राजन चिमरियाले आफ्नो कविता बाचन गरेका थिए ।

कार्यक्रममा मारुणी, साकेला, नौमति बाजा र नृत्यहरु प्रस्तुत गरिएको थियो । कवि गोष्ठीका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई, शुशिल आचार्य, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु राजु कार्की ,हरि तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षता र सञ्चालन उपाध्यक्ष डिल्लीराम घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button