खेलकुद

शर्त पूरा गरे रोनाल्डोलाई क्लब छाड्न अनुमति

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई शर्त पूरा गरे क्लब छाड्न अनुमति दिने बताएका छन् ।

३७ वर्षीय रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिन नयाँ शर्त राखेको छ । नयाँ शर्तअनुसार रोनाल्डोले क्लबसँग सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेड रोनाल्डोको सम्झौता सन् २०२४ सम्म लम्ब्याउन चाहन्छ।

यो सिजन युनाइटेडमा रहेर च्याम्पियन्स लिग खेल्न नपाउने भएकाले रोनाल्डोले क्लब छाड्ने चाहना राखेका हुन् । तर, युनाइटेडले सम्झौता नविकरण गर्दै भविष्यमा रोनाल्डोले क्लबबाटै च्याम्पियन्स लिग खेलोस् भन्ने चाहना छ । रोनाल्डोको वर्तमान सम्झौता सन् २०२३ को जुनमा सकिनेछ ।

नयाँ प्रशिक्षक एरिक टेन हागले क्लबलाई प्रिमियर लिगको शीर्ष चारमा पु¥याउन सके रोनाल्डोले त्यो अवसर पक्कै पाउनेछन् । तर रोनाल्डो र उनका एजेन्ट भने यस किसिमको प्रस्तावबाट आश्चर्यमा परेका छन् । तर रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका छैनन् ।

युनाइटेड थाइल्याण्ड र अष्ट्रेलिया टुरमा रहँदा रोनाल्डोले पारिवारिक कारण देखाउँदै टुरमा सामेल छैनन् । रोनाल्डो पछिल्लो समय स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पनि जोडिएको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button