मूल खबर

जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने, आजै सपथ

Newsofnepal
काठमाडौँ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियाे।

त्यसपछि शर्मालाई नै पुन: अर्थमन्त्री पदमा फर्काउन लागिएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button