
काँकरभिट्टा । झापाको काँकरभिट्टामा एक दिने पानी परिक्षण तथा प्रशिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पानीको सुरक्षा तथा गुणस्तर सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण भएको संस्थाका प्राविधिक रघु खतिवडाले बताए ।

काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता राजकुमार पराजुलीले गरेका थिए ।
पानी र पानी जन्य रोग बाट बच्न र खानेपानीको गुणस्तरका बारेमा संघीय खानेपानी तथा ढल निकास आयोजना खानेपानी गुणस्तर प्रयोगशालाका क्यामिस्ट रमेश कुमार यादव ले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका बारेमा संस्थाका अध्यक्ष राजकुमार पराजुली ले प्रकाश पारेका थिए । स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोविन्द गिरीले राखेका थिए भने कार्यक्रमको संचालन सचिव दिलिपजङ्ग सुव्वाले गरेका थिए ।सो कार्यक्रममा संस्थाका कार्यसमिति, पानी सुरक्षा समिति र सरोकारवालाहरुको प्रतिनिधि मुलक उपस्थिति रहेको सचिव सुव्वाले बताए ।




