खबर

युक्रेन युद्ध: रुसी आक्रमणमा युक्रेनका धनाढ्य निर्यातकर्ता व्यापारी मारिए

तस्बिर स्रोत,NIBULON
युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको “भयानक” बमबारीमा श्रीमतीसहित मारिएका छन्।

दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्।

अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले “हिरो अफ युक्रेन” उपाधि समेत पाएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट ठूलो क्षति भएको बताएका छन्।

मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन्।

बमबारीका कारण होटेल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ।बीबीसी नेपालीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button