काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण गरे ।
निर्माणपछि सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै यो पहिलो सुरुङमार्ग बन्ने छ ।खबरहब



