स्वास्थ्य

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं

उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।

उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निने जस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको छ। अस्पतालका उपनिर्देशक डा. आचार्यले शिक्षण अस्पतालको आकस्मिक वा ओपीडीमा आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको जानकारी दिए। उनका अनुसार डेङ्गु पुष्टि भएर घरमै आराम गरी बस्ने बिरामीको सङ्ख्या सयौँ छ।

हाल शिक्षण अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी ११ जना रहेका छन्। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता नवराज गौतमले अस्पतालमा डेङ्गु बिरामीका लागि शय्यासमेत पाउन मुस्किल परेको जानकारी दिए। टेकुमा २२ जना बिरामीलाई भर्ना गरेर राखिएको छ। तीमध्ये चार जनालाई आईसीयूमा राखिएको छ। गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button