खेलकुद

हंगेरीसँग जर्मनी स्तब्ध

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्दा हंगेरीसँग स्तब्ध बनेको छ । जर्मनी घरेलु मैदानमा हंगेरीसँग १–० ले स्तब्ध बनेको हो ।

रेडबुल एरिना लाइप्जिगमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न हंगेरीका एडाम सज्लाईले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १७औं मिनेटमा डोमिनिक सोबोस्लाईको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु मैदानमा ७३ प्रतिशत बल पोसेसन राख्दै हंगेरीमाथि लगातार दवाव बढाएपनि जर्मनी फिनिसिङमा चुक्दा जर्मनीले नेसन्स लिगमा पहिलो हार बेहोर्न पुग्यो । यता, हंगेरीले घरेलु टोली जर्मनीको दवाव थेग्दै आफ्नो गोललाई जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो । यस जितसँगै हंगेरी नेसन्स लिगको फाइनल नजिक पुगेको छ ।

हंगेरीसँगको हारसँगै जर्मनीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मनी सन् २०२१ मा भएको युरोकपमा इंग्ल्यान्डसँग २–० ले पराजित भएयता १३ खेलमा अपराजित रहेको थियो । जसमा ९ जित र चार बराबरीको नतिजा छ ।

जर्मनीले कोरोनाको कारण कप्तान तथा गोलरक्षक म्यानुअल नुयर र मिडफिल्डर लियोन गोरेट्जकालाई गुमाएको थियो । चोटका कारण मार्काे रिउस पनि टोलीबाट बाहिरिदा टोलीको प्रदर्शन कमजोर बनेको थियो ।

पहिलो हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा जर्मनी ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । जर्मनीलाई हराएको हंगेरी १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button