मूल खबर

पाँच दलीय गठबन्धनबाट जसपा अलग्गिने

काठमाडौं
सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गर्छ।’

कार्यकारिणी समितिको यस निर्णयले सिट तालमेलका लागि अब एमालेलगायत अन्य दलसँग कुराकानी गर्न जसपालाई बाटो खुला गरेको छ।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button