मूल खबर

गठबन्धनका गोपाल मेचीनगर–५ पुग्दा, पदममायाँले भनिन्— हिजो पानी ल्यायौ, आज भोट दिन्छौँ(फोटो फिचर सहित)

मेचीनगर । मेचीनगर–५ की ८० वर्षीया पदममायाँ थापाको घरमा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ भोट माग्न पुग्दा उनले जीतको शुभकामना दिइन् । उनले भनिन्, ‘नानी मेरो आशिर्वाद लागोस् ।’
थापा मात्रै होइन मेचीनगर–५ का स्थानीयको घरदैलोमा पुगेका उम्मेद्वार तामाङलाई जिताएरै छाड्ने बताए । ‘हिजोको दिनमा तामाङले खानेपानी विस्तार गरेर हामीलाई पानी खुवाउनु भयो,’ एक स्थानीयले भने, ‘उहाँले ९तामाङ० ले त्यो बेला गर्नु भएको कामको गुन यसपाली चुनावमा तिर्नेछौँ ।’


लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १ ले सोमबार पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । यसै क्रममा सोमबार मेचीनगर–५ का सबै घरका सदस्यसँग उम्मेद्वार तामाङले दुःखसुख साट्दै भोट मागेका छन् । मेचीनगर–५ को शिवालय टोल, घैलाडुब्बा, पाथीभरा मन्दिर, बिजुवा डाँडा, मन्सी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।


उम्मेद्वार तामाङसँगै घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यवाहक सभापति केशवराज पाण्डे, काँग्रेस प्रदेश ‘क’ सभापति हरि बुढाथोकी, प्रदेश ‘क’ का पूर्व सभापति हर्क फ्याक, प्रदेश प्रतिनिधि सदस्य दिलीप सुवेदी, नगर उपसभापति योगेन्द्र थापा मगर, माओवादी केन्द्रका राजु दाहाललगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button