मूल खबर

वैदेशिक लगानी : प्रतिबद्धताको आधा मात्रै भित्रियो

काठमाडौं
प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो।

विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए। पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको उनले जानकारी दिए। ‘प्रतिबद्धता जनाएअनुसार काम नभएकाले विभागले व्यावसायिक भिसामा सर्तसहित कडाइ गरेको हो। इमानदार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन । जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य गरिरहेका छन् ती विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गरिएको हो,” निर्देशक धामीले भने।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button