मूल खबर

सपना बाँड्ने होइन, काम गर्छौ, हेर्नुहोला हामी काम गरेर देखाउछौँ – शर्मा

मेचीनगर । झापा क्षेत्र नं। १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौं, हामी काम गरेर देखाउछौँ ।’
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका उम्मेद्वार शर्माले झापा क्षेत्र नं १ विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । उनले मेचीनगर–७ वडाको विकासका लागि पुल, सिचाई, रिङरोड बनाउने योजना विगतदेखि चल्दै आएको बताए । ‘हिजो म हार्दै गर्दा पनि यो क्षेत्र रिङरोड बनाउने विषयमा पहल गरेकै हो,’ जितेर जाँदै गर्दा नगर्ने कुरै हुँदैन ।’
उम्मेद्वार शर्माले आम मतदाताको उत्साहका कारण नथाकेको बताए । अब मंसिर ४ गते सिंहदरवार छिरेर परिवर्तन कस्तो हुन्छ भनेर देखाउने उद्घोष गरे।
शर्मासमक्ष गोमनसरीबासीले विकासका योजना बुँदागत रुपमा बुझाएका छन् । ती योजनालाई कार्यान्वयन गरेर विकासको मुहार फेर्ने समेत वचन दिएका छन् ।


कोणसभामा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वकृषिमन्त्री सरिता प्रसाईंले देश र प्रदेश हाँक्ने नेतृत्व झापा १ मा रहेकाले उहाँहरुलाई जिताउन सबै मतदातासँग अपिल गरिन् ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेसहित गठबन्धन दलका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै, प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले मेचीनगर–९ मा घरदैलो गरेका छन् । गठबन्धन दल माओवादी केन्द्रका साझा उम्मेद्वार लिम्बूले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । भेटका क्रममा युवा जोस जाँगर बोकेका उम्मेद्वार लिम्बूलाई जिताउने वचन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button