विचार

भो, अब बाटो नछेक युवा शक्तिलाई अघि बढाऊ

कृष्ण हुमागाँई

लोकतन्त्रमा एउटै अनुहार पटक–पटक दोहोरिइरहँदा जनतालाई परिवर्तनको अनुभूति हुन नसकेको आम जन गुनासोहरु बढीरहेछन् । आमनिर्वाचन २०७९ को मत परिणामले प्रमुख भनिएका राजनीतिक दलहरुले आफ्नो पार्टीभित्रको आन्तरिक लोकतन्त्र र सरकारमा रहँदा गर्नुपर्ने जनमुखी कार्यलाई ब्यापक सुधार गर्नुपर्ने देखिएको छ । लोकतन्त्रमा निर्वाचित भएपछि जो कोही पनि पटक–पटक संसद् भवन छिर्न पाउने हक राख्दछ । तर, जनतामा एउटै ब्यक्ति बिभिन्न कालखण्डमा दोहेरिएर जनप्रतिनिधि भइरहने अनि सत्ताको बागडोर पनि तीनै ब्यक्तिले बारम्बार सम्हालेको कुरा चित्त बुझ्दो भएको छैन । यसको प्रतिरोध त यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी लगायतमा युवा उम्मेदवारहरु खडा हुँदा पहिलो पटकमै ११÷१२ प्रतिशत समानुपातिक मत, ५÷७ जना प्रत्यक्ष सांसद् निर्वाचित गराएबाट देखिएको छ । देशको प्रधानमन्त्री भैसकेको, दर्जनौलाई मन्त्री बनाइसकेको पार्टीले थ्रेसहोल्ड नकटाउँदा कोटाकेटीको पार्टीले २०÷२१ सांसद सदनभित्र प्रवेश गराएर पुराना भनिएकाहरुलाई चुनौति दिएको छ । यो चुनौति माधव नेपालको पार्टीलाई मात्र होइन । काँग्रेस, एमाले जस्ता ठूला दललाई पनि चुनौति थपिएको छ ।
काँग्रेस र एमालेको मात्र २०७४ को तुलनामा २०७९ मा ५÷७ लाख मत घटेको छ । माओवादी, मधेशवादी ( यस अघि सत्ताको चास्नी चाखेका)हरुको पनि मत घटेको छ । बिगतमा यिनै दललाई मत दिंदै आएका र नयाँ मतदाताले यी दल भन्दा अरु नै नयाँ दललाई रोजे यस पटक । ८० पुगेर बसी खाने बेलामा पनि यीनै बुढा नेतालाई घिसारेर देश चलाउनु पर्ने अवस्थाबाट जनताले मुक्ति खोजेका छन् । प्रजातन्त्र÷ गणतन्त्रप्राप्तिको आन्दोलनमा पु¥याएको बिगतको योदान, आफ्नो अनुभव र आन्तराष्ट्रिय सम्पर्कलाई युवा पुस्तामा हस्तान्तरण गर्दै बृद्ध नेताहरुले अब देशको अभिभावक बनेर राष्ट्र निर्माणमा युवालाई साथ दिनुपर्छ । अब पनि मै हुन्छु, म बिना कसैले देश चलाउन सक्दनै भनेर जिद्दी गर्ने हो भने त्यस्तो दल र नेताका कार्यकर्ता राजनीतिबाटै पलायन हुन्छन् । यसो भनीरहँदा, लेखिरहँदा आम जनताबीचको आमचुनाव र संसदीय दलको निर्वाचनबाट बिधिसम्मत चुनिएको नेतालाई, नेताको नेतृत्वलाई नमान्ने ? यस्तो कुरा गर्ने ? लोकतन्त्रमा बिधि नमान्ने ? भन्न भन्ने प्रश्नको ओइरो लगाउन त सकिएला । तर देशले यही लोकतन्त्रभित्र केही सुधार अनि द्रूत बिकास चाहेको छ । जुन कुरा पटक–पटक शासनसत्ता चलाई सकेका बुढा नेताहरुबाट सम्भव नै छैन भन्ने देखि सकिएको छ ।
तसर्थ अब कुनै लोभ नगरी, निस्वार्थ भावले युवा पुस्तालाई शासनसत्ताको बागडोर बैधानिकरुपमा सुम्पेर युवाको आशा, भरोसा र उत्साहलाई मर्न नदेऊ । कुनैपनि देशको युवा शक्तिलाई पलायन गरेर सत्तामा पकड जमाउन त सकिएला तर, देश बिकासको गतिलाई अघि बढाउन कठिन हुन्छ । युवा जनशक्तिलाई बिदेश धपाएर कस्ले आएर यो देश बनाइदिन्छ ? जीवनको उर्जावान समय बिदेशी मरुभूमीमा बिताउन लगाएर नेपाल राष्ट्र निर्माण गर्न कहाँको युवा जनशक्ति भित्र्याउने हो ? युवादेखि तर्सिने, झर्किने ए बृद्धहरु हो अब त सावधान बन, कि युवाले घण्टी बजाइसके । अब ब्युझ, जाग, उठ । युवालाई साथ लेऊ, साथ देऊ, देश बिकासको गतिलाई अघि बढन देऊ । भयो अब ग¥यौ त यत्रो बिध्न, अब छोडिदेऊ, तिमीहरु नहुँदा पनि यो देश चल्छ र चलाउनु पर्छ । हिजो पुर्खाहरु बितेर जाँदा तिमीहरुले चलायौ, अब तिम्रै पर्टीका युवाले देश चलाउँछन, बिकास गर्छन । कहाँ बिग्रियो ? कहाँ के भयो ? कौशीमा बसेर हेरिदेऊ, बिग्रन नदेऊ । अब लोभ, लालच छोडिदेऊ, उदार बन तिम्रै सन्तान–दर सन्तानको भलोका लागि त्याग गर । तिमीहरुले बनाउन नसकेको देश अब युवा सोच, दिमाग र योजनाले बनाउने छ । बाधक नबन, साधक बन, अनि देशको नेतृत्वमा युवा शक्तिलाई अघि बढाऊ ।फेसबुकबाट साभार( हुमागाँई नेपाली काँग्रेस झापाका सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button