सृजनाको चौतारी

उसैले

गजल

नगिचै आयो मित लगायो उसैले,
मन भित्र बिस्वास पलायो उसैले।

लुटेरा रहिछ ऊ आफैथ्यो डाकु,
भिरमा डोरायो र पल्टायो उसैले।

रोजी र बेटीको साइनो लगायो,
जिवन भरी लाई फसायो उसैले।

नतमस्तक किनछ यो विर जाती,
स्वाभिमान गलाई लजायो उसैले।

डुबेकाछन यिनी आफ्नो र्यालमा,
मित लगायो खुब फकायो उसैले।

फाल्यो हड्डी र सम्झियो कुकुर झैं,
एउटै शन्तान लाई लडायो उसैले।

बनेर दादा सबैको सामु धम्कायो,
छिमेकीलाई त सधै सतायो उसैले।

जो चोर थियो उसैको स्वर ठुलो ,
संसार भरीमा उस्तै करायो उसैले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button