
आदरणीय भाउजू हजुर लाई फेरि फेरि बधाई लेख्न पाउँदा म असाध्यै खुसी छु , मन गदगद हुन्छ हामी जस्ता सुदुर का पिछडिएका देउवा हरु ले तपाईं जस्तो उच्च घरानाकि राजशी परिवार मा जन्मिएकि सौभाग्यशाली नारी लाई हामी हरुले भाउजू भन्न पाउँदा । यसपाली पनि समानुपातिक सांसद मा भाग्य र भाग दुबै ले साथ दिएरै सदन छिर्ने साइत जुराउनु भए छ , हुन त भाग्य मै लेखी आए कस्को के पो लाग्छ , प्रत्यक्ष मा छेक्ने हरुले समानुपातिक मा छेक्ने दम भए पो हैन भाउजू ,आखिरमा शेर बहादुर देउवा दाइ को तेजस्वी तेज ले मेरी भाउजू सांसद भै छाडिन , जनता को माया पाएको भए २०७४ मै सांसद भैसक्थिन तर के गर्ने बैरी जनता ले भाउजूको भाग्य रोक्ने कोसिस गरे तर अहिले फेरि मेरी भाउजूको भाग्यमा लेखेको कसैले मेटन सकेन ।
मेरी भाउजू आउने दिनमा अलि अलि बोलीमा केहि सुधार्ने हो कि ? आदरणीय मेरो दाइ शेरबहादुर देउवा प्रधानमन्त्री ज्यु ले जनताको हक लागि जिब्रो सहिद बनाउने भाउजू चाहिँ भद्रगोल हुने गरि बोल्न नछोडने , भाउजू बोल्न नछाडनु होला श्रीमती सबै का यस्तै हुन , हाम्रा घर का श्रीमती पनि यस्तै छन् बोलिको ठेगानै नहुने ट्वार ट्वार मात्र । साँचो कुरा केहो भाउजू तपाईले मनोचिकित्सा शिक्षा बाट डाक्टरी गरेको होइन र? अनि कति कहाँ बोल्ने , के बोल्ने , कुन शब्द ले कस्तो प्रभाव पर्ला भनेर पनि कस्तो नबुझेको भाउजू हजुर ले पनि , कि डाक्टर बिधा कतै राणा पारा मा धम्क्याएर रै ल्याएको त होइन ? नत्र अलि सामाजिक ,राजनीति भाव बुझेर बोल्नु पर्ने तर जे होस भाउजू हजुर आउँदा दिनमा बोली र काम काज मा इमानदार भैदिन अनुरोध छ अस्ति अस्ति सम्म कैलालीको मेडिकल कलेज ,डडेल्धुरा मेडिकल कलेज लगायत सुदुर का बस्तीबस्ती सम्म पुग्ने सडक छिटो बनाउन पहल गरिदिनु होला , गर्भास्था कि तपाई कि देउरानी हरु सुत्केरी अवस्था मै मृत्यु नहोस भनेर स्वस्थ्यमा सबै जनता को पहुँच पुग्ने गरि ब्यवस्थापनको पहल गरिदिनु होला , बेरोजगार युवा बिदेश भन्दा बैज्ञानिक कृषि मा कसरी लगाउने भनेर मजस्ता हलो जोत्ने किसान को सल्लाह को लागि समय मै पहल गरिदिनु होला अन्तमा मेरा बाउ ले आदरणीय शेर बहादुर देउवा ज्यु लाई प्रधानमन्त्री भएको देखेर खुसी खुसी पूरा उमेर खाएर स्वर्ग लोक जानू भो म पनि तपाईं लाई छिटै प्रधानमन्त्री भएको हेर्ने रहर मा बसेको छु , निर्मला पन्त न्यायिक आन्दोलनको घाइते हुँ शरीरमा भएका मेरा घाउ हरु ले मलाई छिटो छिटो मृत्यु दिने छन तर मेरो एउटै इच्छा तपाई प्रधानमन्त्री भएको हेरेर मर्ने ।
सुरी देउवा
कंचनपुर बेदकोट १ चम्पापुर
सुदुर पश्चिम प्रदेश(यो विचार लेखकको नितान्त निजि हो )



