मूल खबर

झापाको चारआली जंगलमा मृत भेटिएका श्रीमान् श्रीमतीको पहिचान खुल्यो

मेचीनगर – झापाको चारआली जंगलमा जंगलमा मृत भेटिएकाको पहिचान खुलेको छ । अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु इङ्नाम मृत भेटिएको प्रहरीले पुष्टि गरेको हो । सोमवार दिउँसो उनीहरुको शव चारआली जंगलमा भेटिएको थियो ।

इङनाम दम्पत्तिले झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ । दुवैको शव भुइँमा भेटिएको प्रहरीले जनाएको छ । पुरुषको घाँटीमा भने डोरी फेला परेको थियो ।

अनुहार र शरीर कालो भइसकेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।

प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल र डोरी फेला पारेको छ । सोमबार दिउँसो जंगलभित्र घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो । मृतकका दाजु खगेन्द्रले शवको पहिचान गरेको डीएसपी महत्तोले बताए । इङ्नाम दम्पत्ति एक सातादेखि वेपत्ता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button