
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थानीय व्यावस्थापन को सहयोग मा २०७९ पौष ८गते शुक्रबार कास्की पोखरामा नेपाली आधुनिक संगीतमा १०० बर्ष”साङ्गीतिक कार्यक्रम हुने भएको छ। सम्पूर्ण नेपाली संगीतको ईतिहास जानकारी दिने उदेश्यका साथ गरिने उक्त कार्यक्रम एक घण्टा ३० मिनेटको रहने छ। कार्यक्रममा नेपाली संगीतका प्रथम गीत रेकर्डिङ गर्ने सेतुराम देखि बर्तमान बहु चर्चित गायक राजेश पायल राई ,राम कृष्ण ढकाल सम्मका गरि २९ वटा गीत तथा नृत्य प्रस्तुति गरिने छ। कार्यक्रममा प्रगतिशील गीतको ईतिहासलाई समेत समिटिने साथै नेपाली चलचित्र क्षेत्रलाई पनि सम्बोधन गर्दै चलचित्रका २ वटा गीत .माइतिघर फिल्म् बाट बसन्त नै बस्न र प्रेम पिन्ड फिल्म् बाट गैरि खेतको बोल को गीत मा नृत्य पनि प्रस्तुत गरिने कार्यक्रमका सम्योजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत बिभाग प्रमुख अशोककुमार राईले जानकारी गराउनु भयो ।

कार्यक्रममा दशक दशक प्रतिनिधित्वहुने गरि प्रस्तुत गरिने गीतहरु यश प्रकार रहने छ।
वि.सं. १९६५ देखि २०१० सालसम्म
१. राजमतिकुमती – सेतुराम श्रेष्ठ
२. सवारी मेरो रेलैमा – मेलवा देवी गुरुङ
३. लाहुरेको रेलिमाई – मास्टर मित्र सेन
४. कालो ठेकी नारन – उस्ताद साईला
५. नेपाली अघिबड हातमा – रानुदेवी अधिकारी
वि.सं. २०१० देखि २०२० सालसम्म
१. फगत एक नजरमा – हरि प्रसाद रिमाल
२. हे कान्छा – नारायण गोपाल र तारा देवी
३. तितरि पङ्खी – बच्चु कैलाश र पुष्प नेपाली
४. नेपाली हामी – नातिकाजी
वि.सं. २०२० देखि २०३० सालसम्म
१. नौलखा तारा उदायो – अम्बर गरुङ
२. गाई त बाँध्यो – राल्फा समूह
३. कोहि त भने जहाज – राल्फा समूह
४. मलाई प्यारो लाग्छ – लेकाली समुह
५. बनेको छ पहराले – गोपाल योञ्जन
वि.सं. २०३० देखि २०४० सालसम्म
१. हेर न हेर कान्छा – अरुणा लामा र शरण प्रधान
२. हजार सपनाहरुको – भक्तराज आचार्य
३. बिर्सिजाने निष्ठुरीलाई – बाबा राणा
४. मेरो आँखामा – दिप श्रेष्ठ
वि.सं. २०४० देखि २०५० सालसम्म
१.मिर्मिरेमा तिमीलाई – सुक्मित गुरुङ
२. बिदेश जाने मायालु तिमीलाई –दिपक थापा
३. चलेछ बतास सुस्तरी – शम्भु राई
वि.सं. २०५० देखि २०६० सालसम्म
१. ओराली लागेको हरिणको – रामकृष्ण ढकाल
२. फैलियो माया दुबोसरी – राजेश पायल र कुन्ति मोक्तान
प्रगतिशील गीतहरुबाट प्रतिनिधित्व
१. आमा दिदी बहिनी हो – जेबी टुहुरे
२. गाउँ गाउँ बाट उठ – श्याम तमोट
साथै सिङ्गो ०६२/६३ को जन आन्दोलनको भावनालाई सम्मान र सम्बोधन गर्दै पुर्बको माया पश्चिम लाई पस्चिमको माया पुर्बलाई गीतमा नृत्य प्रस्तुत रहने छ।
गण्डकी प्रज्ञा प्रतिष्ठान नृत्य सम्योजन हुने सो कार्यक्रममा ऐतिहासिक सृजनाहरुलाई कुन्ती मोक्तान ,भिषण मुकारुङ,निसा देसार,दुर्गा परियार,सन्जय तुम्रोक,साजन राई ,रुपक चौधरी प्रस्तुति दिनुहुनेछ भने शिला बहादुर मोक्तान ,मनोहर सुनाम,भरत नेपाली,भरत बुढाथोकि, गोपाल देव घतानी,धन बहादुर गुरुङ ,नरेश प्रजापति ,पोषन घर्तीले बाध्य वादनमा साथ दिनु हने छ/त्रिवेणी नेपाल



