मूल खबर

रातभर भित्रिन्छ तस्करीका सामान

काठमाडौं
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय, रानी मातहत रहेको इप्रका रानी सीमा र इलाका प्रहरी कार्यालय, बुधनगरको टोलीले राति १०स्३० बजे सामान बरामद गरेको थियो। भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेकामध्ये इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्री छन् । आफ्नो उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेबाट भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्नले मध्यरातमा भित्र्याउने र गोदाममा राख्ने तथा दिउँसो पसलपसलसम्म पु-याउने गरेका छन् । गोरखापत्र दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button