
काठमाण्डौ । विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ ।
परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिने भएको छ ।
सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताए ।



